IME Life New

ब्याज दर घट्दा ‘फिक्स्ड डिपोजिट’ जीवन बीमाले धानिदिएको जीवन बीमकको वृद्धिदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याज दर पछिल्लो ७ वर्ष यताकै तल्लो बिन्दुमा झारेपछि उचित प्रतिफलको खोजीमा लगानीको विकल्प बनेको छ, जीवन बीमा ।

जीवन बीमा अवधिभर जम्मा एक पटक एकमुष्ठ बीमाशुल्क भुक्तानी गर्न मिल्ने एकल बीमाशुल्क बीमालेखको व्यापक प्रवर्द्धन गरेर यसपटक जीवन बीमकले सावधिक बीमाको व्यापार बढाएका हुन्।

Esewa
Crest

वाणिज्य बैंकले साउन महिनाका लागि प्रकाशन गरेको मुद्दती निक्षेपको ब्याज दर २.७५ देखि ५.५ प्रतिशतसम्म रहेको छ। जीवन बीमकले दिने औसत प्रतिफल दर ६ प्रतिशतको हाराहारीमा रहँदै आएको छ।

१५ वर्षे अवधिका लागि एकल बीमाशुल्क जीवन बीमा गर्दा ९ देखि १० प्रतिशतको दरले प्रतिफल प्राप्ती हुने विश्वास दिलाएर अभिकर्ताले बीमितलाई फकाएका छन् । अभिकर्ताले कमिशनवापतको रकम बीमितलाई नै फिर्ता दिएर बीमितलाई प्राप्त हुने प्रतिफल दरको गणना गरेका हुन् ।

जीवन बीमकको भनाइमा यसपटक बीमकले औसत २० देखि ३० प्रतिशतसम्मको वृद्धिदर हासिल गरेका छन् । कारोबार आकार सानो(३ देखि ४ प्रतिशत बजार हिस्सा) भएका केही बीमकको हकमा ५० देखि ७० प्रतिशतसम्मको वृद्धि दर दर्ज गरिएको छ।

अभिकर्ताका अनुसार, ३५ देखि ४० वर्ष उमेरको मान्छेले ३५ लाख रूपैयाँको बीमा गर्दा करिब एकमुष्ठ २४ लाख रूपैयाँ भुक्तानी गरे पुग्छ। यसबाहेक गैर व्यवसायीक अभिकर्ताले आफूले पाउने कमिशनवापतको रकम समेत बीमितलाई नै दिएर बीमा गर्न फकाएका हुन्।

बजारको दाैडमा एकल बीमाशुल्क बीमालेख बेचेर प्रतिस्पर्धि बीमा कम्पनी अघि दाैडिएका बेला आफू पछि परिने डरले अधिकांश कम्पनीले गत आर्थिक वर्षमा एकल बीमाशुल्क बीमालाई नै व्यवसायीक लक्ष्य पुरा गर्ने अस्त्र बनाए।

जीवन बीमा व्यवसायमा व्यापारिक लक्ष्य पुरा गर्ने क्रममा इतिहास रचेको घोषणा गरिररहेका बीमकको कुल प्रथम बीमाशुल्क आम्दानीमध्ये ४० देखि ५५ प्रतिशतसम्मको हिस्सा एकल बीमाशुल्कवापत प्राप्त पैसाले ओगटेको छ।

मन्दीका बेला सकारात्मक वृद्धिदर हासिल गर्नु तत्कालका लागि बीमक र अभिकर्ता दुबैको हितमा भएपनि दीर्घकालका लागि यो बीमक, बीमित र अभिकर्ता तीनवटै पक्षका लागि हानिकारक हुने जोखिम पनि उत्तिक्कै छ।

तत्कालै बैंक ब्याज दरमा सुधार आउने स्थिति नभएकाले स्वयम् बैंकरहरू समेत मुद्दती निक्षेपको साटो जीवन बीमालाई प्राथमिकतामा राख्न थालेका छन्। बैंकको भन्दा उचित प्रतिफल प्राप्त हुने र बीमाङ्क रकमको दोब्बर जोखिम बहन हुने विशेषताका कारण रोजाइमा परेको हो।

जीवन बीमा कम्पनीले दिने प्रतिफल दरभन्दा बैंकको ब्याज दरबाट बढी प्रतिफल प्राप्त हुने अवस्था देखिए बीमितले बीमालेख कर्जा लिएर वा बीमालेख समर्पण गरेर पुनः यो रकम बैंकमा पुर्‍याउने प्रबल संभावना छ।

अधिकांश एकल बीमाशुल्क बीमालेख ३ वर्षपछि समर्पण गर्ने उद्देश्यले गरिने जीवन बीमकको तीतो अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS