IME Life New

आव २०८२।८३ मा जीवन बीमकहरुको नाफा करिब साढे ५ अर्ब, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरुले करिब साढे ५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ कम्पनीहरुले ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको नाफा १०.५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

अघिल्लो वर्षको समीक्षा वर्षमा ८ वटा कम्पनीको नाफा बढेको छ भने ५ वटाको घटेको छ। एउटा कम्पनी नोक्सानीमा गएको छ।

यसैगरी समीक्षा वर्षमा सबैभन्दा धेरै नाफा कमाउनेमा आइएमई लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा सिटिजन लाइफले सर्वाधिक ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ०.१६ प्रतिशतले बढेको छ।

दोस्रो धेरै कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले समीक्षा वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५७ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २.१८ प्रतिशतले बढेको छ।

नाफा धेरै कमाउने तेस्रो जीवन बीमकमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष ५४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा वर्षमा १५.०२ प्रतिशतले घटेर नाफा ४६ करोड ५४ लाख रुपैयाँ खुम्चिएको छ।

समीक्षा वर्षमा सिटिजन लाइफले ३९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले नाफा १०६.६३ प्रतिशतले बढेको छ। जुन वृद्धिदरका हिसाबले जीवन बीमकहरुमध्ये सबैभन्दा धेरै हो।

गत आर्थिक वर्षमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कसको नाफा कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS