IME Life New

इन्स्योरेन्स एजेन्ट भनेर सोझालाई भिडाउँथे नक्कली बीमा पोलिसी, एकै व्यक्तिको डेढ करोड रकम झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको दिल्लीका दुई दाजुभाइ अमित कुमार ठाकोर र सुमित कुमार ठाकोरले मानिसहरुलाई ठगी गर्ने व्यवसाय चलाइरहेका थिए। उनीहरुले निकै चलाखीपूर्ण तरिकाले यो ठगी धन्दा चलाएका थिए।

बीमा कम्पनीहरुको एजेन्टका रुपमा प्रस्तुत भएर ठाकोर दाजुभाइले सोझा मानिसहरुलाई बोलाउँथे र बढी नाफाको प्रलोभनमा पारेर नक्कली पोलिसी बेच्थे। त्यसपछि वास्तविक खेल सुरु भयो जब उनीहरुले पोलिसीको पैसा फिर्ता गर्ने झुटा आश्वासन दिएर मानिसबाट लाखौँ रकम असुल्थे।

Esewa
Crest

नेपालीमा एउटा ऊखान छ–‘पाप धुरीबाट कराउँछ।’ हो, ती ठाकोर दाजुभाइको पैसा छाप्ने खेल अन्ततः त्यसरी नै समाप्त भएको छ। हाल उनीहरुलाई ठगी मामिलामा कारागार चलान गरिएका छन्।

आजकल अनलाइन ठगीका घटना धेरै बढेका छन्। ठाकोर दाजुभाइले मानिसलाई फसाउन र तिनको मेहनतले कमाएको पैसा लुट्न नयाँ तरिका प्रयोग गर्छन्। सुरतमा पनि त्यस्तै भयो। ती दुई दाजुभाइले एक वृद्ध मानिसलाई फोन गरेर आफूहरु बीमा कम्पनीबाट बोलिरहेको बताए। त्यसपछि उनीहरुले वृद्ध मानिसलाई धेरै पैसा कमाउने लोभ देखाए र उनको परिवारका सदस्यको नाममा १० वटा फरक–फरक बीमा पोलिसी बनाए। त्यसपछि उनीहरुले केही पैसा तिरेर पोलिसीको परिपक्वतामा सम्पूर्ण पैसा फिर्ता गरिने बताए। यसरी ती वृद्धिलाई कुराकानीमा फसाएर ठगी ती दाजुभाइले विस्तारै वृद्धको खाताबाट झन्डै भारु १ करोड (नेरु १ करोड ६० लाख) विभिन्न खातामा ट्रान्सफर गरे।

जब ती वृद्धले एक रुपैयाँ पनि फिर्ता पाएनन् तब उनले आफू ठगिएको महसुस गरे र तुरुन्तै प्रहरीको साइबर सेलमा उजुरी दिए। उजुरी प्राप्त हुने बित्तिकै साइबर सेल सक्रिय भयो। प्रहरीले वृद्धबाट सम्पूर्ण कुरा बुझ्यो र त्यसपछि पैसा ट्रान्सफर गरिएका सबै बैंक खाताको विवरण निकाल्यो।

प्राविधिक अनुसन्धानको सहयोगमा प्रहरीले ती दाजुभाइ दिल्लीमा लुकेर बसेको थाहा पायो। अन्ततः प्रहरीले दिल्लीबाट अमित र सुमितलाई पक्राउ गर्यो।

प्रहरी सोधपुछका क्रममा २८ वर्षीय अमितले विक्रम सिंह रावतका रुपमा परिचय दिँदै ती वृद्धसँग फोनमा कुरा गर्ने गरेको पत्ता लाग्यो। उनले वृद्धलाई कुरा गर्न लोभ्याएर विभिन्न बैंक खातामा भारु ९८ लाखभन्दा बढी ट्रान्सफर गराएका थिए। अमितले ठगी गरिएको ३६ लाख ८१ हजार रुपैयाँ सुमितको खातामा पठाएका थिए र केही पैसा उनकी बहिनीको खातामा पनि ट्रान्सफर गरेका थिए। सुमितले तुरुन्तै अमितले पठाएको पैसा निकालेर आफ्नो भाइलाई दिए।

हाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ती दाजुभाइले अन्य थुप्रै सोझा मानिसहरुबाट लाखौँ रकम ठगेको हुन सक्ने अनुमान प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS