IME Life New

[EXCLUSIVE]: अझै मरेको छैन आश-महालक्ष्मी लाईफ इन्स्योरेन्स सञ्चालनमा आउने जमर्को गर्दै..

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ०६। महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आउने तयारी थालेको छ । बीमा समितीले चालु आर्थिक बर्षको सुरुवातमा नै सञ्चालनको अनुमति दिएको उक्त कम्पनीले तोकेको समयमा चुक्ता पूँजी पुर्याउन नसकेपछि कम्पनी सञ्चालनमा आउन सकेको थिएन ।

हाल बीमा समितिले तोकेको पूँजी पुर्याएर सञ्चालनमा आउने तरखरमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सको उच्च स्रोतले जानकारी दिएको छ । कम्पनीले तोकेको न्यूनतम पूँजी बैंकमा डिपोजिट गरिसकेको र छिट्टै सञ्चालनमा पनि आउने दाबी कम्पनी विशेष श्रोतले गरेको छ।

Esewa
Crest

गत आर्थिक वर्ष सञ्चालन अनुमति पाएको तीन महिना अवधिमा चुक्ता पुँजी कायम गरेर आउन बीमा समितिले पत्राचार गरेको भएपनि सो अवधिमा कम्पनीले पूँजी पुर्याउन सकेको थिएन । तोकिएको समयमा पुँजी कायम नगरेपछि महालक्ष्मीले व्यवसाय सञ्चालन अनुमति पाएको थिएन ।

कम्पनीले थप समयका लागि समिति तथा मन्त्रालयमा निवेदन भने दिएको थियो । तर, उक्त निवेदनउपर कुनै पनि कारवाही नभएपछि कम्पनी सर्वोच्चमा समेत पुगेको थियो ।

तर अहिले अबश्यक पैसा जम्मा भै सकेको श्रोतले जनाएको छ ।अब कम्पनी स्थापनाको योजना सहित संचालन अनुमतिको लागि छिट्टै नियमाक निकाय बीमा समितिमा जाने समेत जानकारी विशेष श्रोतबाट प्राप्त भएको छ ।

कम्पनीको चुक्ता पुंजी दुुई अर्ब रुपैयाँ हुनुपर्ने र उक्त पुंजी मध्येमा ७० प्रतिसत अर्थात एक अर्ब ४० करोड रुपैैयाँ संस्थापकको हुनुपर्ने र त्यसमध्ये एक अर्ब २० करोड रुपैयाँ क बर्गका बाँणिज्य बैंकहरुमा जम्मा गनुपर्ने नीति रहेको छ । सोही अनुसार ७० प्रतिसत अर्थात एक अर्ब ४० करोड रुपैैयाँ संस्थापक मध्येबाट चुक्ता गरी क बर्गको बाँणिज्य बैंकमा जम्मा गरी सकेको जानकारी कम्पनी निकट श्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS