काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि गरी कुल ४ जना गोल्ड टेस्टर माग गरेको बताएको छ ।
उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइइ उत्तीर्ण तोकिएको छ। साथै सुन तथा गहना मूल्याङ्कन वा सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य गरिएको छ।
इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो आवेदनपत्रसहित अद्यावधिक बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, अनुभव प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी जेठ ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।













