IME Life New

महुली लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले आफ्ना विभिन्न शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले फिल्ड सञ्चालनका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

कनिष्ठ सहायक पद (सहायक श्रेणी) का लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट १०ं२ वा सो सरह उत्तीर्ण भई कम्प्युटर (इमेल, इन्टरनेट, अफिस प्याकेज) तथा लघुवित्त सफ्टवेयर चलाउन सक्ने हुनु पर्नेछ। साथै दुईपाङ्ग्रे सवारी साधनसहित लाइसेन्स भएको, अन्य लघुवित्तमा कम्तीमा एक वर्ष फिल्ड अनुभव भएको हुनु पर्नेछ। महुली लघुवित्तको स्थानीय सहजकर्ताको रूपमा ६ महिनाभन्दा बढी काम गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

प्रशिक्षार्थी कनिष्ठ सहायक (सहायक श्रेणी) पदका लागि पनि १०ं२ उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको र दुईपाङ्ग्रे सवारी साधनसहित लाइसेन्स भएको हुनु पर्नेछ। महुली लघुवित्तमा स्थानीय सहजकर्तामा कार्यरतले पनि आवेदन दिन सक्नेछन्।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजातसहित वैशाख २० गते कार्यालय समयभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS