काठमाडौं । बेष्ट फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सुर्खेत, अत्तरिया र जनकपुरका लागि, असिस्टेन्ट रिलेसनसीप अफिसरमा केही र ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।













