IME Life New

डोनाल्ड ट्रम्पसँग हात मिलाएर बर्बाद हुँदै एलन मस्क, टेस्ला कारको बिक्रीमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाएर विभिन्न निर्णय गर्न थालेपछि विश्वकै धनीव्यक्ति एलन मस्क विश्वभर आलोचित बन्न पुगेको छ। यही कारणले विश्व बजारमा मस्कको कम्पनी टेस्लाको कार बिक्री ह्वात्तै घटेको छ।

वर्ष २०२५ को अहिलेसम्म टेस्ला कारको बिक्री घट्दा शेयरभाउ पनि ३० प्रतिशतले घटिसकेको छ। टेस्ला कारको बिक्री जर्मनीमा ७६ प्रतिशत, नेदरल्यान्डमा २४ प्रतिशत, स्विडेनमा ४२ प्रतिशत, फ्रान्समा ४५ प्रतिशत, इटलीमा ५५ प्रतिशत, स्पेनमा १० प्रतिशत र पर्चुगलमा ५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

ट्रम्पको ट्यारिफ नीतिको अन्य देशले विरोध गरिरहेका छन्। ट्रम्पसँग हात मिलाएर सरकारी जागिरको कटौती गर्ने मस्कको योजनाको निकै आलोचना भइरहेको छ। यिनै कारणले टेस्ला कारको बिक्री नराम्ररी प्रभावित बनेको छ। मानिसहरुले आफूसँग रहेको टेस्ला कार पनि बेच्न थालेका छन्।

टेस्लाको शेयरभाउ घटेसँगै मस्कको सम्पत्ति पनि यो वर्ष अहिलेसम्म १०३ अर्ब डलरले घटिसकेको छ। ब्लुमबर्ग बिलेनियर्सका अनुसार हाल उनको कुल सम्पत्ति ३३० अर्ब डलरमा झरेको छ। यद्यपि, उनी विश्वका धनीव्यक्तिहरुको सूचीमा शीर्ष स्थानमै छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS