IME Life New

विद्युत प्राधिकरणमा रोजगारीः जेनजी सहिद परिवारलाई सम्पर्कमा आउन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रोजगारीका लागि निवेदन प्राप्त भएका आधारमा जेनजी सहिद परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

प्राधिकरणले आज रोजगारीका लागि निवेदन दिएका २७ जनाको नाम सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो। जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहात सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था रहेको छ।

Esewa
Crest

सोही व्यवस्थाबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जेनजी सहिद परिवारका सदस्यबाट रोजगारीका लागि निवेदन पेस गरेका थिए। सहिदका परिवारले प्राप्त गर्ने सुविधा ती २७ जनाबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्राधिकरणको काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा निस्सा प्रमाणसहित सम्पर्क राख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS