IME Life New
GBIME

के जीवन बीमाको लाभ उठाउन बीमितको निधन हुनै पर्छ ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जीवन बीमा बजारमा मरेपछि बीमाको रकम पाइने भएपछि किन जीवन बीमा गर्नुभन्दै लक्षित ग्राहकले नाक खुम्च्याउने, बीमाका लागि आनाकानी गर्ने आम प्रवृत्ती रहेको छ। बीमाको महत्वबारे बुझेर पनि सकेसम्म जीवन बीमा गर्न हिचकिचाउने प्रवृत्ती प्रायः जसो अभिकर्ताले अनुभूती गरेका हुन्छन् ।

परम्परादेखि नै जीवन बीमा भनेपछि बीमितको मृत्यु भएपछि मात्र पैसा पाइन्छ भन्ने बुझाइलाई बदलिंदो समयसँगै परिवर्तन गर्न नसक्नु जीवन बीमक र बीमा अभिकर्ताको पनि कमजोरी हो। अर्कोतर्फ प्रतिफलवापत बचतको रकममा बैंकबाट तीन तीन महिनामै ब्याज पाइए झैं जीवन बीमाबाट तत्कालै लाभ प्राप्त हुँदैन। आफू जीवितै रहँदा बीमाको लाभ प्राप्त गर्न सामान्यतया बीमितले कम्तीमा पनि बीमा अवधि पुरा नहुँदासम्म कुर्नुपर्छ।

Crest

ज्यूँदै रहँदा पाउन सकिन्छ बीमाको लाभः

नेपालको जीवन बीमा बजारमा बीमित जीवित छँदै, बीमाको अवधि पुरा नहुँदै, र बैंक जस्तो तीन तीन महिनामा नभएपनि कम्तीमा १-१ वर्षको अन्तरालमा बीमाको प्रतिफल प्राप्त गर्न सकिने सुविधा सहितको थुप्रै बीमालेखहरू जीवन बीमकले बिक्रीमा ल्याइ सकेका छन्। यस्ता बीमा योजनाहरू ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी, छानीछानी लिन सक्छन्, बीमाको लाभ प्राप्त गर्न बीमितको निधन नै हुनुपर्छ भन्ने अनिवार्य हुँदैन ।

बीमितले अनिवार्य बचत र प्रतिफल (बोनश) आर्जन हुने परम्परागत बीमालेख मात्र नभएर, स्वास्थ्य, दुर्घटना र पेन्सन बीमा पनि खरिद गर्न सकिन्छ। यी बीमा योजनाहरू, मूल बीमालेखसँगै पूरक बीमाको रूपमा मात्र नभएर बेग्ला बेग्लै खरिद गर्न सकिन्छ। धेरै अभिभावकहरूले आफ्ना बालबालिकाको भविष्यको शिक्षा खर्च धान्न बाल शिक्षा बीमालेखहरू खरिद गरिरहेका छन्। यसबाहेक, केही जीवन बीमक र अधिकांश निर्जीवन बीमकले स्वास्थ्य बीमालेख पनि बिक्री गरिरहेका छन् ।

बीमा गर्नु अघि, यो सम्झनु महत्त्वपूर्ण छ कि बीमा साधारण बचत मात्र होइन, बरु सुरक्षासहितको अनिवार्य बचत हो। जीवन बीमाले बीमितहरूलाई निश्चित अनिश्चितताहरू विरुद्ध आश्वासन प्रदान गर्दछ। दीर्घकालमा ठूलो बचत पनि गराउँछ। अर्थात्, यो व्यवहारिक रूपमा सुरक्षा र बचतको मिश्रण हो। यसको थप फाइदा भनेको जीवन बीमाको बीमाशुल्क वापतको रू. ४० हजार करयोग्य आयबाट कट्टा समेत गर्न सकिन्छ।

झन् सजिलो हुँदैछ बीमा गर्नः

जीवन बीमा कम्पनीहरूले पनि ग्राहकको जीवनका विविध आवश्यकताहरू पुरा गर्न नयाँ नयाँ विशेषता सहितका बीमालेखहरू प्रचलनमा ल्याउने प्रतिस्पर्धा बढेको छ। साथै, जीवन बीमालेख खरिद गर्न र बीमाशुल्क तिर्नु पनि विगतका वर्षहरूभन्दा सहज हुँदै गएको छ। बीमाशुल्कको किस्ता भुक्तानीका लागि बीमकको कार्यालयसम्मै धाउनुपर्दैन। मोबाइल बैंकिङ एप्स, डिजिटल वालेट मार्फत २४ घण्टामा जुनसुकै बेला पनि जहाँ सुकैबाट पनि भुक्तानी गर्न सकिन्छ। बीमाशुल्क भुक्तानीको पूर्व सूचना बीमकले एसएमएस र इमेलमार्फत निरन्तर दिइ रहेका हुन्छन्। ठूलो बीमाङ्कको बीमाशुल्क भुक्तानीका लागि सम्बन्धित बीमितलाइ ग्राहक सेवा केन्द्रबाट फोन मार्फत समेच सूचित गराइन्छ।

यसका अतिरिक्त डिजिटल वालेटहरूले विभिन्न बीमा कम्पनीहरूसँगको सहकार्यमा म्यादी दुर्घटना बीमा, स्वास्थ्य बीमा, वैदेशिक रोजगारी म्यादी बीमा, मोबाइल फोनको बीमालगायत बीमा योजनाहरू पनि बिक्री गरिरहेका छन् ।

उपचारको ५६ प्रतिशत खर्च खल्तीबाटैः

विश्व बैंकले प्रकाशन गरेको सन् २०२२ को तथ्यांक अनुसार, नेपालमा स्वास्थ्य सेवामा खल्तीबाट हुने खर्च रकम दक्षिण एशियामा पाँचाैं सर्वाधिक हो। यहाँ सर्वसाधारणले स्वास्थ्य उपचारमा कुल खर्च रकमको ५६ प्रतिशत आफैंले व्यहोर्नुपर्छ। यसको अर्थ औसत रू १०० उपचारमा खर्च हुँदा रू ५६ बिरामीले नै व्यहोर्नु परेको छ। यस्तो खर्च, भारतमा ६२ प्रतिशत, भुटानमा २५ प्रतिशत, श्रीलंकामा ४२ प्रतिशत, माल्दिभ्समा १८ प्रतिशत र पाकिस्तानमा ५६, बंगलादेशमा ७२ र अफगानिस्तानमा ७७ प्रतिशत छ।

गम्भीर रोगबाट पीडित अधिकांश व्यक्तिहरूले निजी अस्पतालहरूमा उपचार खोज्छन्। सरकारी अस्पतालहरूमा गम्भीर रोगहरूको उपचार उपलब्ध नभएको भनिन्छ। वास्तविकता के हो भने, ठूलो रोगले परिवारलाई एक्लै छोड्न सक्छ। यस अवस्थामा, देशमा स्वास्थ्य बीमाको व्यापक विस्तारको सम्भावना भए पनि, वास्तविकतामा यो प्रतिबिम्बित भएको छैन। स्वास्थ्य बीमा मुख्य बीमालेखसँगै खरिद गर्न सकिन्छ वा बेग्लै बीमालेख पनि खरिद गर्न सकिन्छ।

शिक्षाका लागि बीमा

हरेक अभिभावक चाहन्छन् कि आफ्ना छोराछोरीले उच्च शिक्षा हासिल गरून्, ताकि उनीहरूले जीवनमा सफलता हासिल गर्न सकून् र सुरक्षित जीवन बिताउन सकून्। तर उचित आर्थिक योजनाको अभाव वा अचानक हुने दुर्घटनाका कारण धेरैले आफ्ना छोराछोरीको लागि उच्च शिक्षाको व्यवस्था गर्न असफल हुन्छन्। धेरै बीमकहरूले बालबालिका सम्बन्धि बीमालेखमार्फत यस्तो बीमा लाभ दिइरहेका छन्। प्रस्तावक अभिभावकको दुर्भाग्यवश मृत्यु भएमा, बीमा अवधिभर बच्चाको पढाइका लागि जीवन बीमकले मासिकरूपमा रकम भुक्तानी गर्छ। बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनश रकम पनि भुक्तानी दिन्छ। अभिभावकको निधन नभएको अवस्थामा बीमा अवधि पुरा भएपछि पुरा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी दिन्छ। केही जीवन बीमकले  नियमित अन्तरालमा बीमाङ्कको निश्चित रकम फिर्ता गर्ने सुविधा पनि दिएका छन् ।

पेन्सन बीमा

जीवन बीमा कम्पनीहरूले तपाईको अवकाशको लागि आर्थिक सुरक्षा प्रदान गर्न पेन्सन बीमा सेवाहरू पनि प्रदान गर्छन्। यो बीमाले तपाईको कामकाजी जीवनमा निश्चित समयको लागि बीमाशुल्क तिरेर अवकाशको समयमा नियमित आम्दानीको ग्यारेन्टी दिन्छ। यस बीमालेखको मुख्य फाइदा भनेको सरकारको पेन्सन योजना जस्तै निश्चित रकमको पेन्सन लिन सकिन्छ। बीमाशुल्क भुक्तानी गर्दा आवश्यक परेमा ऋण सुविधा उपलब्ध छ। थप बीमाशुल्क भुक्तानी गरेर यसमा दुर्घटना बीमा, घातक रोगको उपचार बीमा पनि समावेश गर्न सकिन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS