काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो । यस पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्ने जनाइएको छ ।