IME Life New

माघ मसान्तसम्ममा कुल रू २७ अर्ब प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।

उद्योग विभागले प्रकाशन गरेको मासिक प्रगती प्रतिवेदन अनुसार, चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो सात महिनामा विदेशी लगानीकर्ताले ३८६ परियोजनामा कुल २६ अर्ब ८४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेका छन्।

Esewa
Crest

विभागका अनुसार, माघ महिनामा ३२ वटा उद्योगमार्फत १ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

हालसम्म ३१४ उद्योगका लागि १० अर्ब ७४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता स्वचालित मार्गबाट ​​आएको छ। सरकारले गत वर्षको मंसिर महिनादेखि स्वचालित विधिबाट समेत लगानी स्वीकृत गर्न थालेको छ। स्वचालित मार्गबाट ​​५० करोड रुपैयाँसम्मको प्रत्यक्ष विदेशी लगानीको स्वीकृति दिने गरिएको छ।

पर्यटनका लागि कुल १६८ उद्योग,सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि १३४ उद्योग, सेवा क्षेत्रका लागि ४८ उद्योग, उत्पादन क्षेत्रका लागि २७ उद्योग र कृषिसँग सम्बन्धित उद्योगमा ६ वटा उद्योग व्यवसाय दर्ता भएका छन्।

चालू आर्थिक वर्ष स्वीकृति प्राप्त यी उद्योगले कुल १० हजार जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS