काठमाडौं । चीनले अमेरिकासँग व्यापार सम्झौता गरे परिणाम ठीक नहुने अन्य देशहरुलाई चेतावनी दिएको छ।
चीनको वाणिज्य मन्त्रालयले चीनलाई हानि पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गरेमा नतिजा ठीक नहुने अन्य देशहरुलाई चेतावनी दिएको हो। मन्त्रालयले भनेको छ, ‘यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार छ।’
मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरुको सामना गर्न अरुसँग सामेल हुन तयार रहेको स्पष्ट पनि पारेको छ। अमेरिकाले अन्य देशलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने खबरहरु बाहिर आएपछि चीनको यो बयान आएको हो।
पछिल्लो समय चीन र अमेरिकाबीच ट्यारिफ युद्ध सुरु भएको छ। –एजेन्सी

















