IME Life New

पुस ७ बाट सर्वसाधारणलाई रिलायन्स स्पिनिङ मिल्सको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आउँदो पुस ७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिर्नुपर्नेछ।

Esewa
Crest

यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।

यो आइपीओको निष्कासन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS