IME Life New

विश्वकै पहिलो खर्बपति बन्दै एलन मस्क, कहाँबाट पाउँदैछन् ६२५ अर्ब डलरको चेक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्क चाँडै नै विश्वको पहिलो खर्बपति बन्न सक्छन्। उनको कम्पनी स्पेसएक्स अर्को वर्ष २०२६ मा विश्वको सबैभन्दा ठूलो आईपीओ सुरु गर्ने तयारीमा छ। मस्क आफैँले यो कुरा पुष्टि गरेका छन्।

स्पेसएक्सको मूल्यांकन १.५ खर्ब डलर हुने अपेक्षा गरिएको छ। यो मूल्यांकनमा मस्कको हिस्सेदारी ६२५ अर्ब डलर हुनेछ। जसले उनको कुल–कुल सम्पत्ति १ खर्ब डलरभन्दा माथि पुग्नेछ।

Esewa
Crest

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति हाल ४६५ अर्ब डलर रहेको छ। मस्कले टेस्ला, स्पेसएक्स र एक्ससहित धेरै कम्पनी चलाउँछन्। स्पेसएक्स विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप हो।

हालको प्रस्तावमा स्पेसएक्सको शेयरको मूल्य लगभग ४२० डलर छ। यसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलरभन्दा बढी राख्छ। यदि स्पेसएक्सले यो मूल्यांकनमा कम्पनीको ५ प्रतिशत शेयर बेच्छ भने यसले ४० अर्ब डलरको शेयर बेच्नुपर्नेछ। यसले अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ बनाउनेछ। यसअघि यो रेकर्ड साउदी अरामकोको नाममा छ।, जसले सन् २०१९ मा आइपीओमार्फत २९ अर्ब डलर जुटाएको थियो।

यस वर्ष जनवरीमा प्रकाशित अक्सफामको प्रतिवेदनले दाबी गरेको थियो कि कम्तीमा ५ धनीव्यक्तिको कुल सम्पत्ति आगामी १० वर्षमा १ खर्ब डलरभन्दा बढी पुग्नेछ। प्रतिवेदनमा भनिएको छ, ‘मस्क अबको ५ वर्षभन्दा कम समयमा खर्बपति बन्न सक्छन्।’

अमेजनका संस्थापक जेफ बेजोस, ओरेकलका संस्थापक ल्यारी एलिसन, मेटाका सीईओ मार्क जुकरबर्ग र फ्रान्सका सबैभन्दा धनीव्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति पनि आगामी १० वर्षमा १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS