IME Life New

जन्मदिनको उत्सवलाई उत्तरदायित्वमा रूपान्तरणः चेम्जोङ दम्पतीद्वारा २० लाखको जीवन बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका–३, धाईजन चोक निवासी चन्द्र कुमार चेम्जोङ र उनकी जीवनसंगिनी टीका माया लिम्बुले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्। अधिकांशले जन्मदिनमा भोजभतेर, पार्टी वा महँगो उपहारमा खर्च गर्ने चलनबीच चेम्जोङ दम्पतीले भने श्रीमानको ३९औँ जन्मदिनको अवसर पारेर आइएमई लाइफ इन्स्योरेन्समार्फत २० लाख रुपैयाँ बराबरको जीवन बिमा गर्दै अनुकरणीय उदाहरण प्रस्तुत गरेका हुन्।

बिर्तामोड शाखामा आज सम्पन्न विशेष कार्यक्रममा कोशी प्रदेश प्रमुख मिलन दाहाल, कोशी क्षेत्रीय रिजनल म्यानेजर महेन्द्र तिम्सिना, कोशी कर्पोरेट सेल्स संयोजक गगन सिटौला, कोशी प्रदेश संयोजक बिनिसा खतिवडा, सिनियर एजेन्सी म्यानेजर हरिसरन लम्साल, एमडीआरटी सिनियर एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठ, बुद्धि सागर दुङेल लगायत बिर्तामोड शाखाका कर्मचारीहरूको उपस्थितिमा जीवन बिमा पोलिसी औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

Esewa
Crest

कार्यक्रम केक सेलेब्रेशनसहित भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सबैले चेम्जोङ दम्पतीको निर्णयको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै टीका माया लिम्बुले भनिन,“हामीले यो जन्मदिन फजुल खर्चमा होइन, बचत र सुरक्षामा रूपान्तरण गरेका छौँ। परिवारको भविष्य सुनिश्चित गर्नु नै साँचो प्रेम र जिम्मेवारी हो भन्ने सन्देश दिन चाह्यौं।”

चेम्जोङ दम्पतीको यो कदमले बिमा केवल आर्थिक सुरक्षा मात्र होइन, सामाजिक सचेतना र उत्तरदायित्वको बलियो सन्देश दिएको छ। जन्मदिनजस्ता व्यक्तिगत उत्सवलाई दीर्घकालीन सुरक्षासँग जोडेर समाजमा सकारात्मक सोच र वित्तीय अनुशासनको उदाहरण प्रस्तुत गरेको भन्दै कार्यक्रम सहभागीहरूले यसलाई प्रेरणादायी कदमका रूपमा मूल्यांकन गरेका छन्।

यसरी चेम्जोङ दम्पतीले आफ्नो जन्मदिनलाई स्मरणीय मात्र होइन, परिवार, भविष्य र समाजप्रतिको दायित्वको प्रतीक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS