काठमाडौं । नेपाल अरनिको यातायातका निमित्त कार्यालय प्रमुख तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर (अभिकर्ता) विकास लामामार्फत कृष्णबहादुर खड्काले आफ्नो जन्मदिनमा जीवन बीमा गरेका छन्।
खड्काले जन्मदिनमा जीवन बीमा उपहार स्वरुप दिने प्रचलन धेरै देखिँदै आएको छ तर जन्मदिनमा गरिने खर्चमा केही रकम थपेर आफूले आफ्नै जीवन बीमा गरेर उदाहरणीय कार्य गरेका छन्।
खड्का यसरी आफू र परिवारको आर्थिक भविष्य सुरक्षित गराउन आफूले जीवन बीमा गरेको बनाउँछन्। प्रभु महालक्ष्मी लाइफका एजेन्सी म्यानेजर विकास लामाको उत्प्रेरणाले जन्मदिनमा जीवन बीमा गर्न उनी प्रेरित भए।
अभिकर्ता विकास लामा स्वयं पनि आफ्नो छोरीको जीवन बीमा गरेर बीमासँग जोडिएको जन्मदिनको सेलिब्रेसनमा हुन जाने खर्चलाई जीवन बीमा गरेर वार्षिक प्रिमियम तिरिने हुनाले हरेक जन्मदिनले प्रिमियम तिरिने बताउँछन्।
नेपाल अरनिको यातायातका निमित्त कार्यालय प्रमुख लामा आफूले यातायात क्षेत्रमा कार्यरत रहँदा नजिकबाट महसुस गरेको जोखिम कहिल्यै बाजा बजाएर नआउने गरेको बताउँछन्। ‘दुर्घटना, रोग वा अन्य अप्रत्याशित घटनाले कुनै पनि बेला हाम्रो जीवनको दिशा बदल्न सक्छ’, उनी भन्छन्, ‘त्यसैले जीवन बीमा कुनै विलासिता होइन, हरेक व्यवसायी, मजदुर, कर्मचारी तथा प्रत्येक परिवारका लागि आवश्यक सुरक्षा कवच हो भन्ने महसुस भएको छ।’
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता (एजेन्सी म्यानेजर) लामाको उद्देश्य कसैलाई बीमा पोलिसी बेच्नु मात्र नभएर जीवन बीमासम्बन्धी सही ज्ञान र सचेतना फैलाउनु रहेको छ। ‘ता कि प्रत्येक व्यक्तिले यसको महत्व आफैँ बुझेर आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने निर्णय गर्न सकून्’, उनी भन्छन्।
खड्का जन्मदिनमा जीवन बीमा गरेर फजुल खर्चलाई आर्थिक भविष्य सुरक्षित गर्न पाएकोमा खुसी महसुस गर्छन्।












