IME Life New

अटेरी बन्यो एशियन लाइफ, बीमा र कम्पनी ऐनविपरीत गठन गर्दै सञ्चालक समिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन, २०७९ र कम्पनी ऐन, २०६३ लाई चुनौती दिँदै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै सञ्चालक निर्वाचन गर्न लागेको छ।

कम्पनीले सोमबार सूचना जारी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकको मनोनयन दर्ता खुला गरेको थियो। मनोनयन दर्ता आज असार २५ गते दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। आज ७ जनाले मनोनयन दर्ता गरेका छन्।

Crest

निर्वाचत अधिकृत रत्नसुन्दर खुजूका अनुसार मनोनयन दर्ता गराएकामध्ये संस्थापक समूहका ३ जना निर्विरोध निर्वाचित भएका छन्। यसरी संस्थापक समूहबाट निर्वाचित हुनेमा दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युत सापकोटा छन्।

उता सर्वसाधारणतर्फ ४ जनाको मनोनयन दर्ता भएको छ। जसमा निष्ठा प्रधानाङ्ग, हेमबहादुर कार्की, सौरभ रुंगटा र शिला राजभण्डारी छन्। यही असार ३० गते हुने कम्पनीको १७ औँ वार्षिक साधारणसभाबाट यी ४ जनामध्ये २ जना निर्वाचन गर्नेछ।

बीमा ऐनलाई चुनाैती दिंदै एशियन लाईफले सार्वजनिक गर्‍यो निर्वाचन तालिका

बीमा ऐन, २०७९ को दफा ४७ मा बीमकको सञ्चालक समितिमा एकजना स्वतन्त्र सञ्चालकसहित कम्तीमा ५ जना वा बढीमा ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ। कम्पनी ऐन, २०६३ को दफा ८६ बमोजिम भने सञ्चालक समितिको सदस्य बेजोर संख्यामा हुनुपर्ने र न्यूनतम ३ जनादेखि बढीमा ११ जनासम्मको सञ्चालक समिति हुनुपर्ने व्यवस्था रहेको छ।

एशियन लाइफमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ। यो अनुपात हिसाबले कम्पनीले संस्थापक र सर्वसाधारण दुवैका तर्फबाट ३–३ जना सञ्चालक र १ जना स्वतन्त्र सञ्चालक गरी कुल ७ सदस्यीय सञ्चालक समिति चयन हुनुपर्छ। तर, कम्पनीले बीमा ऐन र कम्पनी ऐनविपरीत तथा कम्पनीमा शेयर स्वामित्वविपरीत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना तथा स्वतन्त्र १ जना गरी ६ जनाको सञ्चालक समिति गठन गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS