IME Life New

विपत्तिका कारण दाबी भुक्तानी बढ्दा खुम्चियो निर्जीवन बीमकको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोका कारण भएको बीमित सम्पत्ति तथा सवारीसाधनको क्षतिबापत ठूलो रकम दाबी भुक्तानी दिनुपर्दा निर्जीवन बीमकको लगानी खुम्चिएको छ।

दाबी भुक्तानीबापतको रकम ३९.६३ प्रतिशतले बढ्दा निर्जीवन बीमकको लगानी अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा गत आर्थिक वर्ष २०८१।८२ मा १३.१८ प्रतिशत खुम्चिएको हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमकले १८ अर्ब ९ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी दिएका थिए। गत आर्थिक वर्षमा दाबी भुक्तानीबापतको रकम ह्वात्तै बढेर २५ अर्ब २६ करोड रुपैयाँ पुगेको थियो।

यो अवधिमा निर्जीवन बीमकको शेयरधनीले चुक्तापुँजीबापतको थप रकम लगानी गरे पनि थपिएको भन्दा निक्कै बढी रकम दाबी भुक्तानीमार्फत बाहिरिएपछि निर्जीवन बीमकको लगानीको आकार घटेको हो।

दाबी बढ्दा निर्जीवन बीमकको लगानी अघिल्लो आर्थिकको तुलनामा गत आर्थिक वर्षमा १३.१८ प्रतिशतको उल्लेख्य गिरावट देखिएको छ। निर्जीवन बीमकको गत आर्थिक वर्षसम्ममा कुल लगानी रकम ६९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। यसले शेयरधनीलाई दिने प्रतिफलमा पनि नकारात्मक प्रभाव पारेको छ।

दाबी भुक्तानी रकम बढे पनि गत आर्थिक वर्षमा निर्जीवन बीमातर्फ कुल दाबी संख्या ०.८२ प्रतिशतले घटेको थियो।

त्यस्तै जीवन बीमातर्फ गत आर्थिक वर्षको तुलनामा २०.६३ प्रतिशतले वृद्धि देखिएको थियो। जीवन बीमा कम्पनीबाट बीमितले गत आर्थिक वर्षमा ७८ अर्ब ९८ करोड रुपैयाँ दाबी भुक्तानी पाएका छन्। बीमाशुल्क आम्दानी, चुक्तापुँजी र जीवन बीमा कोष तीनवटै सूचकमा सकारात्मक वृद्धि हुँदा जीवन बीमको लगानी १७.०३ प्रतिशत बढेर ७ खर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

नेपालको अर्थतन्त्रमा जीवन तथा निर्जीवन बीमा क्षेत्रबाट गत आर्थिक वर्षमा कुल ८ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ लगानी भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS