IME Life New

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँड गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँड गर्दा शेष रहेको ४६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS