IME Life New

बीमाको रु. १ करोड पाउन भयानक षड्यन्त्र, प्रेमिकालाई पठाएको म्यासेजले खोल्यो पोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको महाराष्ट्रको लातुर जिल्लामा एउटा भयानक षड्यन्त्रको पर्दाफास भएको छ। जहाँ एक व्यक्तिले बीमाको पैसा पाउन आफ्नै मृत्युको नाटक गरे। उनले एक निर्दोष अन्जान व्यक्तिको हत्या गरेर आफ्नो कार जलाए र परिवारलाई आफू मरेको कुरामा विश्वस्त पारे। तर, आफ्नी प्रेमिकालाई पठाइएको म्यासेजले उनको यो सम्पूर्ण षड्यन्त्रको पोल खुलेको छ।

गत आइतबार बिहानै महाराष्ट्रको लातुर जिल्लाको औसा तालुकमा प्रहरीले पूर्ण रुपमा जलेको कारमा जलेको शव फेला परेको थियो। प्रहरी अनुसन्धानबाट जलेको कारको मालिक गणेश चह्वाण रहेको पत्ता लाग्यो। प्रहरीले गणेशलाई सम्पर्क गर्ने प्रयास गरे। तर, परिवारजनले उनी घर नफर्किएको जानकारी दिए। उनको फोन बन्द थियो। गणेश बैंक रिकभरी एजेन्ट थिए।

Esewa
Crest

यी तथ्यहरुका आधारमा प्रहरीले सुरुमा जलेको कारमा भेटिएको शव गणेशको हो भन्ने विश्वास गरे। लातुरका प्रहरी अधीक्षक अमोल ताम्बेले भने, ‘यो प्रारम्भिक अनुसन्धानका क्रममा आएको निष्कर्ष थियो।’

भोलिपल्ट सोमबार अनुसन्धान अगाडि बढ्दै जाँदा धेरै कुरा शंकास्पद देखिन थाले। प्रहरी टोलीले गणेशको व्यक्तिगत जीवनको अनुसन्धान गर्न थाल्यो र पत्ता लगायो कि उनी एक महिलासँग प्रेम सम्बन्धमा थिए। प्रहरीले ती महिलालाई सोधपुछ गर्यो। सोधपुछका क्रममा ती महिलाले गणेशले घटनापछि पनि फरक मोबाइल नम्बरबाट आफूलाई म्यासेज पठाएको र च्याट गरिरहेको खुलासा गरिन्।

ती महिलाको बयानले पुष्टि गर्यो कि मृत ठानिएका गणेश अझै जीवित छन्। प्रहरीले दोस्रो नम्बर ट्रयाक गर्यो र गणेशलाई सिन्धुदुर्ग जिल्लाको विजयदुर्गमा पक्राउ गर्यो।

सोधपुछका क्रममा गणेशले भारु १ करोडबराबरको जीवन बीमा पोलिसी लिएको बयान दिए। त्यो पैसाले उनी आफ्नो घर ऋण तिर्न प्रयोग गर्न चाहन्थे। त्यसैले उनले आफ्नै मृत्युको नाटक गरे।

गत शनिबार गणेशले औसाको तुलजापुर टी–जंक्सनमा एक अन्जान व्यक्ति गोविन्द यादवलाई आफ्नो कारमा लिफ्ट दिए। प्रहरीका अनुसार यादव मातेका थिए र गणेशले यसको फाइदा उठाए। उनीहरु एउटा ढाबामा रोकिए र त्यसपछि वानवाडा पाटी–वानवाडा रोडतर्फ लागे। कार पार्किङ गरेपछि यादवले खाना खाए र कारभित्रै सुते।

त्यसपछि गणेशले यादवलाई चालकको सिटमा राखे र सिट बेल्टले बाँधे। सिटमा सलाई र प्लास्टिकको झोला राखे र आगो लगाइदिए। कार पूर्ण रुपमा जल्यो र यादवको घटनास्थलमै मृत्यु भयो।

प्रहरीलाई भ्रमित पार्न र परिवारलाई विश्वास दिलाउन गणेशले आफ्नो नाडीको ब्रेसलेट शव नजिकै छोडेका थिए। प्रहरी अधीक्षक अमोल ताम्बेले भने, ‘हत्याको मुद्दा दर्ता गरिएको छ र यो षड्यन्त्रमा गणेशका अन्य कोही सहयोगी थिए वा थिएन भनेर अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS