IME Life New

जेन्सेन हुआङलाई सीईओमा पुनर्नियुक्तको कुनै योजना नरहेको एनभिडियाको प्रस्टोक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओका रुपमा पुनर्नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ।

एक संदिग्ध चिनियाँ जासुससँगको कथित सम्बन्धको खबर बाहिर आएपछि हुआङले सीईओबाट राजीनामा दिएका थिए। कम्पनीका अध्यक्ष हार्वे जोन्सले मंगलबार भने ‘बोर्डले उनलाई पुनर्नियुक्त गर्ने कुनै सोच राखेको छैन।’

Esewa
Crest

यसअघि मंगलबार हुआङले यदि आफूलाई एनभिडियाको नेतृत्व गर्न फिर्ता बोलाइयो भने त्यो ‘सम्मान’ हुने बताएका थिए। हुआङको प्रस्थानपछि जारी कम्पनीको पहिलो वित्तीय नतिजामा त्रैमासिक बिक्री एक वर्षअघिको तुलनामा दोब्बर भएर ११५.८ अर्ब डलर पुगेको छ। जुन पहिलोपटक कम्पनीको त्रैमासिक बिक्री १०० अर्ब डलर नाघेको हो।

अक्टोबर २५ मा समाप्त भएको त्रैमासिकमा कम्पनीको नाफा पनि दोब्बर भएर ६५ अर्ब डलर पुगेको छ। नतिजापछि नियमित व्यापारपछि कम्पनीको शेयर ४.८ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS