IME Life New

३० हजार फिटको उचाइमा पाइलटहरुको स्वास्थ्यमा एक्कासि देखियो समस्या, एकजनालाई दिनुपर्यो अक्सिजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रिटिस एयरवेजको विमान दुर्घटनाबाट जोगिएको छ। उडान भरेपछि तीनैजना पाइलट बिरामी परे। जसले गर्दा यात्रुहरु त्रसित बने। यद्यपि, स्वास्थ्य खराब भए पनि पाइलटहरुले विमानलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सफल भए।

यो उडान बुधबार हैदराबादबाट लन्डनका लागि भरेको थियो। तीनैजना पाइलटले उडान भर्नुअघि हैदराबादमा ब्रेकफास्ट गरेका थिए। उनीहरुलाई खानामा विषाक्तता भएको आशंका गरिएको छ। एयरलाइन्सले यसलाई गम्भीर घटनाका रुपमा लिएको छ र यस विषयमा अनुसन्धान गरिरहेको छ।

Esewa
Crest

ब्रिटिश एयरवेजको विमान बीए २७६ स्थानीय समयअनुसार बुधबार बिहान ७ः४५ बजे हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि प्रस्थान गरेको थियो। उडानको यात्रा समय १० घन्टा ३५ मिनेट थियो। उडानको अघिल्लो रात तीनैजना पाइलट एयरलाइन्सले व्यवस्थित गरेको हैदराबादको एउटै नियमित होटलमा बसेका थिए। यात्रा सुरु गर्नुअघि तीनैजनाले लाउन्जमा ब्रेकफास्ट गरे र त्यसपछि उडान भरे।

उडान चढेको केही समयपछि नै पाइलटहरुको स्वास्थ्य बिग्रन थाल्यो। विमान ३० हजार फिटको उचाइमा हुँदा एक पाइलटको स्वास्थ्य यति बिग्रियो कि उनलाई अक्सिजन दिनुपर्यो। सबै कठिनाइको बाबजुद पनि यात्रु सुरक्षामा कुनै पनि अवस्थामा सम्झौता नगरिएको एयरलाइन्सको दाबी छ।

लन्डनमा अवतरण गरेपछि पाइलटलाई तुरुन्तै अस्पताल लगिएको थियो र शल्यक्रिया गरिएको थियो। शल्यक्रिया १२ घन्टासम्म चलेको बताइएको छ। रिपोर्टहरुका अनुसार पाइलटहरुले होटलको लाउन्जमा ब्रेकफास्टसँगै बाहिरी कम्पनीको बोतलबन्द पानी पिएको बताएका छन्। अन्य दुई पाइलट पनि खाना विषाक्तताबाट पीडित थिए तर तिनीहरुको अवस्था गम्भीर थिएन।

हल्का स्वास्थ्य समस्या देखिएका दुई पाइलटले उडान जारी राखे। उडान दिउँसो २ः०५ बजे (स्थानीय समय) लन्डन हिथ्रो विमानस्थलको टर्मिनल ३ मा सुरक्षित रुपमा अवतरण गरियो। त्यसपछि तीनै पाइलटलाई चिकित्सा मूल्यांकनको लागि लगियो। एक गम्भीर बिरामी पाइलटलाई भर्ना गरिएको थियो र शल्यक्रिया गरिएको थियो।

घटनाका बारेमा ब्रिटिश एयरवेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा सहकर्मीहरुको स्वास्थ्य हाम्रो सर्वोच्च प्राथमिकता हो। बिरामीको छुट्टाछुट्टै रिपोर्टपछि हामी यस स्थानमा चालक दलको आवास व्यवस्थाको समीक्षा गरिरहेका छौँ। हामी खुसी छौँ कि यात्रु सुरक्षामा कुनै पनि चरणमा सम्झौता गरिएको थिएन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS