IME Life New

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको कुल ५.३६८४ प्रतिशतले हुन आउने १८ करोड २५ लाख १७ हजार ५२८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतले हुन आउने ९१ लाख २५ हजार ८७६ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वितरणयोग्य मुनाफाबाट लाभांश वितरणपछि बाँकी रहने रकम जगेडा कोषमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS