IME Life New

महिनौंसम्म बीमितले दाबी भुक्तानी नपाएपछि एशियन लाईफका सीइओलाई स्पष्टीकरण सोध्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा दाबी भुक्तानी सम्बन्धमा परेको उजुरीमा मेलमिलापका लागि सहमत भएको दुई महिनासम्म पनि एशियन लाईफ इन्स्योरेन्सले दाबी भुक्तानी नगरेपछि नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोध्ने भएको छ ।

प्राधिकरणमा लाख देखि करोड रुपैयाँसम्मको बीमा दाबी सम्बन्धमा एशियन लाईफ इन्स्योरेन्स विरुद्ध परेकाे उजुरीमध्ये ५ वटा उजुरीमा प्राधिकरणको मध्यस्थता व्यवस्थापन शाखाले पीडितसँग छलफलका लागि डाँक्यो । बीमित पक्षबाट प्राप्त उजुरी केलाउँदा बीमितले दाबी भुक्तानी पाउनु नपर्ने कारण मनासिब कारण फेला नपरेपछि प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत(सीइओ) दिनेश लाल श्रेष्ठ र दाबी विभाग प्रमुख प्रकाश खनाललाई कार्यालयमा बोलाएर उजुरी सम्बन्धमा सोधपुछ र छलफल गरेको थियो।

Esewa
Crest

छलफलका क्रममा लामो समयदेखि दाबीको निवेदन अड्काको, बीमितले दाबी प्राप्त गर्न नसक्ने आधार प्रमाण पेश गर्न नसकेको र दाबीको प्रगतीबारे समेत बीमितलाई लिखित जानकारी नदिएको देखिएपछि प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसमेतलाई चाँडै दाबी भुक्तानी गर्न सचेत गराउनु परेको थियो ।

प्राधिकरणको मध्यस्थता व्यवस्थापन शाखामा भएको छलफलका क्रममा बीमा दाबीको रकम भुक्तानी गर्न कुनै समस्या नभएको र चाँडै भुक्तानी गर्ने भन्दै सहमति गरेका प्रमुख कार्यकारी श्रेष्ठले त्यसपछि प्राधिकरण वा बीमित पक्षलाई कुनै जानकारी गराएनन्, पीडित पक्षले अझैसम्म दाबीवापतको रकम भुक्तानी समेत पाएको छैन ।

मेलमिलाप सहमति अनुसारको दाबी भुक्तानीको प्रगतीबारे प्राधिकरणले दाबी विभागसँग जानकारी माग्दा अनुसन्धानमा रहेको भन्ने बनावटी प्रतिकृया दिएर अड्काउने काम गरेपछि पीडित पक्षको निरन्तर सोधिखोजीका कारण प्राधिकरण दबाबमा छ । मेलमिलापका लागि दिएको निर्देशन अटेर गरेको भन्दै प्राधिकरणले प्रमुख कार्यकारी अधिकृतसँग स्पष्टीकरण माग्ने भएको हो ।

एशियन लाईफ इन्स्योरेन्सले बीमित पक्षले दाबी भुक्तानी पाउन नसक्ने स्पष्ट कारण र प्रमाण पेश गर्न नसकेपछि बीमित पक्षलाई बीमालेखको शर्त अनुसारको दाबी भुक्तानी दिलाउन प्राधिकरणले मध्यस्थता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS