काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन तथा बिक्रीका लागि एपोलो हाइड्रोपावरले अनुमति पाएको छ । बोर्डले हिजो माघ २० गते कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो।
एपोलो हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।












