IME Life New

जीवन बीमकको करिब १३%ले बढ्यो नवीकरण बीमाशुल्क आर्जन, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क करिब १३ प्रतिशत बढीले बढेको छ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष जेठसम्म कम्पनीहरुले १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको नवीकरण बीमाशुल्क १२.९१ प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ।

समीक्षा वर्षमा नेपाल लाइफले ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा नेपाल लाइफले ३२ अर्ब ८२ करोड ७४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १२.९१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षमा दोस्रो सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले समीक्षा वर्षसम्म १६ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १५ अर्ब ५० करोड २७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नवीकरण बीमाशुल्क ८.९३ प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा वर्षमा १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।

अघिल्लो वर्षमा यो कम्पनीले १४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नवीकरण बीमाशुल्क १५.७८ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षमा हिमालयन लाइफले १४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ। अघिल्लो वर्षमा कम्पनीले १४ अर्ब ३ करोड ५६ लाख रुपैयाँ उठाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ५.७८ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा वर्षमा राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ११ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ५ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब १५ करोड ४८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ र मेट लाइफले ४ अर्ब ८० करोड ८२ लाख रुपौयाँ नवीकरण शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको नवीकरण शुल्क बढेको छ।

गत आर्थिक वर्षमा आइएमई लाइफले ३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५३ करोड १५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै कम्पनीको नवीकरण बीमाशुल्क आर्जन बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS