एजेन्सी : भारतको सडकमा गुढ्ने करिव ६० प्रतिशत सवारी साधनको बीमा छैन। भारतको बीमा सूचना ब्यूरोले दिएको तथ्याङ्क अनुसार भारतको सडकमा १३ करोड बीमा नभएका सवारी साधन रहेका छन्। ती मध्य अधिकांश मोटरसाईकल र स्कुटर रहेका छन्। मार्च ३१ २०१९ सम्म भारतमा बीमा नभएका सवारी साधनको प्रतिशत ५७ रहेकोमा आर्थिक वर्ष २०१८ सम्म सो संख्या ५४ प्रतिशत थियो। एक वर्षको अवधिकामा बीमा नभएका सवारी साधनको संख्या करिव २ करोडले वृद्धि भएको छ।
श्रोत : टाइम्स अफ इन्डिया