कोरोना भाइरसले सिर्जना गरेको अवस्थाले भारतका जीवन बीमा कम्पनीहरुलाई पनि नराम्रो असर गरेको छ । गत वर्षको मे महिनामा १८,४१४ करोड प्रथम बीमा शुल्क आर्जन गरेकोमा यस वर्षको मे महिनामा १३, ७३९ करोड मात्र बीमा शुल्क आर्जन गरेको छ। यसरी प्रथम बीमा शुल्क आर्जनमा २५ दशमलव ४ प्रतिशतको गिरावट आएको छ।
यस आर्थिक वर्षको दुई महिना अर्थात अप्रिल र मे महिनामा भने प्रथम बीमा शुल्क आर्जनमा करिव २७ दशमलव ९२ प्रतिशतको गिरावट आएको छ। गत आर्थिक वर्षको अप्रिल र मे महिनामा २८,३९५ करोड प्रथम बीमा शुल्क आर्जन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २०,४६६ करोड प्रथम बीमा शुल्क आर्जन भएको छ।
श्रोत : IRDAI