IME Life New

जीवन बीमाः महाविपत्ती विरुद्धको जोखिम न्यूनिकरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

राम थापा

जीवन बीमा बीमितको जीवनमा पर्न सक्ने जोखिमको आर्थिक भार जीवन बीमा कम्पनीलाई हस्तान्त्रण गर्नु हो । मानव जीवनमा विभिन्न किसिमका जोखिमहरु आइपर्दछन् । कुनै निश्चित रकम (वीमाशुल्क) जीवन बीमा कम्पनीमा जम्मा गरि वीमित र वीमक(जीवन बीमा कम्पनी) विचको सम्झौता(करार) नै जीवन बीमा हो । पछिल्ला दिनहरुमा नेपालको जीवन बीमाको पहुँच सन्तोष जनत रुपमा बढ्दै गइरहेको छ ।

Crest

मानव जीवन अनिश्चितता र जोखिमले भरिपूर्ण छ । भनिन्छ नि, दुर्घटना वाजा बजाएर आउँदैन, हो माहामारी, माहाविपत्ती बाजा बजाएर त आउँदैन तर विभिन्न किसिमका सजकता र पूर्वतैयारी अपनाएर यसवाट पर्न सक्ने क्षति कम गर्न सकिन्छ भन्ने कुरा यस विश्वव्यापी माहामारी नोवेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले हामीलाई राम्रो संग सिकाएको छ ।

यो लेख तयार गर्दा सम्म विश्वमा नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट दुई लाख बढी मानिसले ज्यान गुमाईसकेका छन्, मानिसहरुले ज्यान मात्र गुमाइरहेका छैनन, लाखौ वालवालिकाले संरक्षक तथा धेरै माया गर्ने परिवारका सदस्यहरु गुमाइरहेका छन् । मानव रहनसहन, जलवायु परिवर्तन, भुकम्पिय जोखिम लगाएत विभिन्न कारणले मानव जीवनमा यस किसिमका विषम परिस्थितीहरु पटक पटक आएका छन् र आउँदा दिनमा पनि यस किसिमका प्रकोपहरुको सामना गर्नु नै पर्ने छ । माहामारी, माहाविपत्तीवाट पर्न जाने जीवन जोखिमको आर्थिक भार न्यूनिकरणको एक भरपर्दो माध्यम जीवन बीमा हो ।

जीवित रहदा पनि जीवन पश्चात पनि आफूले माया गर्ने आफन्त संग जोडिइराख्ने पुल हो जीवन बीमा । संरक्षक तथा आफन्तलाई भौतिक रुपमा गुमाउनु परेको पिडा र त्यसले परिवारमा आर्थिक रुपमा पुर्याएको क्षतिलाई कम गर्न जीवन वीमा अनिवार्य बनेको छ ।

माहाविपत्तीमा जीवन बीमाको महत्वलाई निम्न बुंदामा विस्तृत रुपमा व्याख्या गर्न सकिन्छ ।

१. आर्थिक जोखिम हस्तान्त्रण
जीवन बीमाको मुख्य उदेश्य विमितको जीवनको जोखिमको आर्थिक भार जीवन बीमा कम्पनीमा हस्तान्त्रण गर्नु हो । माहाविपत्ती तथा जुनसुकै समयमा पनि मानव जीवन जोखिमसंग गुज्रिरहेको हुन्छ । बीमालेख सम्भौता अनुसार यदि विमितको कुनै कारणवश मृत्यु अथवा दुर्घटनाको कारण स्थायी असक्ता भएमा बीमालेखका सर्त अनुसार बीमा कम्पनीबाट दावी भुक्तानी पाउने व्यवस्था हुन्छ ।

२. भविष्यको आर्थिक, सामाजिक, शैक्षिक योजना
नेपालमा जीवन वीमा भनेको मृत्यु पछि परिवारले पाउने सेवा सुविधा हो भन्ने नकारात्मक धारणा पाइन्छ । वास्तवमा जीवन बीमा आफ्नै लागि हो । आफू जीवित रहदा सम्पूर्ण सेवा सुविधा आफै उपभोग गर्न सकिन्छ भने कुनै कारणवश बिमितको मृत्यु भएको बीमालेखका सर्त अनुसार परिवारले दावी भुक्तानी पाउनेछन् ।

जीवन बीमा भविष्यको आर्थिक योजना पनि हो । नेपालको सन्दर्भमा नेपालीको काम गर्ने उमेर साठी वर्ष हो । हुनत त्यस पश्चात पनि लामो समय सम्म काम गरेको पाइन्छ तैपनि धेरै जसो सरकारी कार्यालयहरुमा यहि मान्यता स्थापित छ । साठी वर्ष पछि काम हुदैन, काम नभएपछि दाम हुदैन, बुढेसकालमा औषधी उपचार लगाएत खर्च बढ्दै जान्छ र मानिस परिवार भित्रै एक्लो र कमजोर महसुस गर्न पुग्छ । यदि सहि समयमा जीवन बीमा गरि भविष्यको सहि योजना बनाएर जीवन बीमा गर्न सकियो भने वृद्ध अवस्थामा जीवन बीमा परिपक्क लाभबाट प्राप्त भएको रकमलाई मुद्दती निक्षेपमा राखेर वा अन्य तरिकावाट परिचालन गरि त्यसवाट प्राप्त हुने आम्दानीवाट सजिलै जीवनयापन गर्न सकिन्छ । त्यस्तै, आफ्ना वालवालिको शिक्षा दिक्षाको लागि बीमा गरेर भविष्यको योजना बनाउन सकिन्छ । र समाजमा स्थापित हुनको लागि पनि जीवन बीमाले महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै महाविपत्तीहरुबाट परेका असरहरुलाई पनि न्यूनिकरण गर्न सकिन्छ ।

३. वचत
जीवन बीमा अनिवार्य वचत पनि हो । वीमालेखमा उल्ललेख भए अनुसारको वीमा शुल्क तोकिएको भुक्तानी मिति मा जम्मा गर्दै जानु पर्दछ । सानो सानो रकम वचत गर्दै जाँदा परिपक्क समय सम्म ठूलो रकम वचत हुनेछ जुन बीमितलाई भविष्यमा लगानी गर्न तथा तपाईका भविष्यका योजनाहरु पूरा गर्न सहयोगी बन्छ । मानिसले विडी, सुर्ती, चुरोट तथा अन्य अनावश्यक दैनिक ५०÷६० रुपैया खर्च गरिरहेको हुन्छ । यी र यस्तै अनावश्यक खर्च कटाएर जीवन बीमा गरि आफ्नो र परिवारको भविष्य सुनिश्चित गरि विपत्ती संग जुध्न सकिन्छ ।

४. लगानी
जीवन बीमा एक किसिमको लगानी पनि हो । प्रत्येक वर्ष विमितले बीमाशुल्कको रुपमा लगानी गर्दै जान्छन् भने जीवन बीमा कम्पनीले कम्पनीको नाफा अनुसार घोषणा गरेको मुनाफा आफ्ना विमितलाई लगानीको प्रतिफल (बोनश) को रुपमा दिन्छ । यो रकम परिपक्क अवधिमा आफूले जम्मा गरेको बीमांक रकम र मुनाफा गरि एकमुष्ठ रुपमा बीमितलाई उपलब्ध गराउँदछ ।

५. ऋण उपलब्धता
जसरी वैंक तथा वित्तिय संस्थावाट आफूसंग भएको चल अचल सम्पत्ति धितो राखेर निश्चित व्याज भुक्तानी गर्ने गरि ऋण लिन सकिन्छ त्यसैगरि तपाईले गरेको जीवन बीमा कम्पनीबाट पनि सक्कल बीमालेख धितो राखी विना कुनै सेवा शुल्क ऋण उपलब्ध हुन्छ । यसको लागि कम्पनी अनुसार कम्तिमा दुई वर्षको बीमाशुल्क भुक्तानी गरेको हुनुपर्दछ भने ऋण आवेदन दिएको केहि मिनेट भित्रै ऋण रकम पाउन सक्नुहुन्छ । वर्तमान अवस्थामा नेपालका जीवन बीमा कम्पनीको व्याजदर १०% छ जुन सस्तो मानिन्छ । ऋण लिएको अवस्थामा पनि तपाईको जीवनको जोखिम वहन कम्पनीले गरिरहन्छ भने बीमा कम्पनीवाट प्राप्त हुने बोनस पनि प्राप्त हुन्छ । कम्पनी अनुसार तपाईले लिएको ऋणको व्याज ६-६ महिनामा भुक्तानी गर्नुपर्दछ ।

६. बीमा समर्पण
आफूले खरिद गरेको बीमा ग्राहकले कम्पनीको नियमअनुसार कम्तिमा दुई वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि समर्पण गर्न सकिन्छ । तर यसरी बीमा समर्पण गर्दा बीमित र बीमक दुवै पक्षलाई नोक्सानी हुन्छ । त्यसैेले बीमा गरिसकेपछि परिपक्क हुन दिनुनै बुद्धिमानी हुन्छ । परिपक्क नहुदै बीमा समर्पण गर्दा बीमितले मुनाफा गुमाउछ भने बीमकले ग्राहक गुमाउन पुग्छ । ग्राहकले फेरि नयाँ बीमा गर्दा महङ्गो पर्न जान्छ किनभने बीमितको उमेर बढी भइसकेको हुन्छ । बीमाशुल्क बीमितको उमेरको आधारमा तय हुने हुँदा बढी उमेरमा बीमाशुल्क महङ्गो पर्न जान्छ । बरु विपदको समयमा कम्पनीबाट ऋण लिएर संकटको सामना गर्न सकिन्छ ।

मानव जीवनमा धेरै अनिश्चितता छन् । त्यसैले भइपरि आउने विषम परिस्थितीको सामना गर्न सही समयमा जीवन बीमा गरौं । भविष्यको आर्थिक योजनाहरु बुनौं । आफू, परिवार र समाजको भविष्य सुरक्षित गरौं । सम्वृद्ध बनौं ।

(लेखकको निजी विचारमा आधारित)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS