IME Life New

गुहेश्वरी मर्चेन्टले प्रस्ताब गर्यो नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताब गरेको छ । राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको यस फाइनान्सले पूँजी नबढाउने उदेश्यका साथ नगद बाँड्न लागेको हो ।

फाइनान्स सञ्चालक समितिको असोज १ गते बसेको १९५ औं बैठकले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।फाइनान्सको हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको ५.२३३२ प्रतिशत अर्थात चार करोड २१ लाख पाँच हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर फाइनान्सको आगामी १७ अाैं बार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात बुकक्लोजसम्म कायम रहने सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS