IME Life New

भोलिदेखि वाणिज्य बैंकलाई गोएमएल अनिवार्य, के हो गोएमएल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लागू गरेको विद्युतीय (गोएमएल) भोलिबाट सुरु हुँदैछ । केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई गोएमएलका माध्यमबाट प्रतिवेदन तथा विवरणहरु पेश गर्नुपर्ने निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नुपर्ने छ भने विकास बैंक र वित्त कम्पनीहरुले २०७७ आगामी साउन १ गतेदेखि अनिवार्य रूपमा विद्युतीय (गोएमएल) माध्यमबाट मात्रै प्रतिवेदन पेश गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

Esewa
Crest

राष्ट्र बैंकका प्रवक्क्ता गुणाकर भट्ट भन्छन् “सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबारर क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अध्यावधिक गर्न यस्तो व्यवस्था गरिएको छ ।”

यस्तै हरेक बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाको संस्थागत तथा क्षेत्रगत जोखिम मूल्यांकन सम्बन्धी प्रतिवेदन ०७६ पुसभित्र पेस गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको प्रवक्ता भट्ट बताउछन् ।

के हो गोएमएल ?
बैंक तथा वित्तीय संस्थाका शंकास्पद कारोबारहरु पत्ता लगाउने सफ्टवर नै गोएमएल हो ।
गोएमएल बैंक तथा वित्तीय संस्थाहको विवरण (कर्जाको विवरण, निक्षेप लगायतका विभिन्न वित्तीय विवरणहरु) मा शंकास्पद कारोबारहरुको पत्ता लगाउने सफ्टवर हो । यसअघि तथ्याङ्क स्क्यान कपीबाट पेश गरिन्थ्यो अब यी विभिन्न वित्तीय विवरणहरुलाई विद्युत्तिय माध्यमबाट पेश गर्ने प्रक्रिया नै गोएमएल हो । यो गोएमएल भन्ने सफ्टवरबाट बैंक तथा वित्तीय संस्थाले गरेका शंकास्पद क्रियाकलापहरुलाई पत्ता लगाउन  सजिलो हुन्छ ।

के छ प्रक्रिया ?
सबै बैंक तथा वित्तीय संस्थाले गोएमएललाई लिंकेज गराउनका लागि एउटा फाइनान्सियल युनिट सफ्टवर बनाएका हुन्छन् । त्यही फाइनान्सियल युनिटमा विवरण भरेर केन्द्रीय बैंकमा विवरण बुझाउने काम गोएमएलले गर्दछ । अर्थात गोएमएल बैंक र नेपाल राष्ट्र बैंकबीच ग्राहकको विवरण शेयर गर्ने प्लेटफर्म हो ।

यस गोएमएल सफ्टवरबाट पारदर्शिता बढाउँछ । बैंक तथा वित्तीय संस्थामा खातावालाहरुबाट हुने शंकास्पद विवरणहरुलाई सजिलै पता लगाई उक्त विवरणहरुको छानविन गरेर अगाडी बढन सजिलो हुन्छ ।

                                                                                    प्रस्तुती :नानु खड्का (निर्जला)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS