IME Life New

चार बीमा कम्पनीमा विदेशी लगानी, तीन कम्पनीमा नेपालीको पहुँच शून्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा १९ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा गरी कूल ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपाल सञ्चालित बीमा कम्पनीहरुमध्ये सात वटा कम्पनीमा विदेशी लगानी रहेको बीमा समितिले जनाएको छ । संचालमा रहेका विदेशी लगानी र संयुक्त लगानी कम्पनीहरुमध्ये चार बीमा कम्पनीहरु संयुक्त लगानीमा रहेका छन् भने तीन कम्पनीहरु पूर्ण विदेशी कम्पनीका शाखा कार्यालय रहेका छन् ।

विदेशी लगानीमा रहेका चार निर्जिवन बीमा कम्पनीहरुमध्ये दुई कम्पनीहरुमा विदेशी लगानीमा छन्, भने दुई कम्पनीहरु पूर्ण रुपमा विदेशी लगानीमा रहेका कम्पनीहरु हुन् ।

Esewa
Crest

युनाईटेड इन्स्योरेन्स कम्पनीमा कपुर जिएमबिएच, जर्मन र मोरगन रिड एन्ड सरमन लिमिटेड जर्मनको लगानी रहेको छ।सगरमाथा इन्स्यारेन्स कम्पनीमा २० प्रतिशत श्रीलंकास्थित सेलिङको इन्स्यारेन्स पिएलसी कम्पनीको लगानी रहेको छ ।

त्यसैगरि, हाल नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये तीन वटा कम्पनीहरु विदशी लगानीमा रहेका छन् ।तीन जीवन बीमा कम्पनीमध्ये दुई संयुक्त लगानीमा रहेका कम्पनीहरु छन् भने एक पूर्ण विदेशीको लगानीमा रहेको कम्पनी नेपालमा रहेका छन् ।

नेपालको बीमा बजारमा कारोबारको आधारमा अग्रस्थानमा रहन सफल भएको लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपालको विदेशी लगानी ५५ प्रतिशत रहेको छ ।लाइफ इन्स्यारेन्स कर्पोशन भारतको लगानीमा ४५ प्रतिशत नेपाली लगानीमा रहेको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २ प्रतिशत विदेशी लागनी रहेको छ ।सिलिक कोर्ट लिमिटेड अमेरिकाका लगानीमा रहेको कम्पनी पनि जीवन बीमाको क्षेत्रमा कारोबारको आधारमा राम्रो कम्पनीको रुपमा मानिन्छ ।

नेपालमा सञ्चालनमा रहेका मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी नेपालमा दर्ता भएको नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा कार्यरत कम्पनीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS