काठमाडौं । दुई वाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने वाणिज्य बैंकहरुमा नेपाल बंगलादेश बैंक, सनराइज बैंक हुन् । यी बैंकले विभिन्न पदमा कर्मचारी मागेका हुन् ।
यी बैंकहरुले अनुभव भएकाहरुलाई व्यवस्थापकीय तहदेखि तथा अनुभव नभएका एवम् बैंकमा करिअर बनाउन चाहनेहरुलाई प्रशिक्षार्थी पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको जनाइएको छ ।
नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थी मागेको छ । बैंकले उक्त पदका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ । उमेर हद भने २८ वर्ष तोकिएको छ । एप्लाई गर्ने म्याद डिसेम्बर ५ सम्म रहेको समेत सूचनामा उल्लेख गरेकमो छ ।
त्यस्तै, सनराइज बैंकले ब्रान्ज म्यानेजर, रिलेशनसिप म्याजेर र काउन्टर इन्चार्चका लागि कही संख्यामा कर्मचारीको माग गरेको छ ।