काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई कम्पनीको १ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । जम्मा दुई कम्पनीको १ करोड ११ लाख ६ हजार ९ सय ६३ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सूचिकृत हुनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्त हुन् ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ भने ग्लोबल आईएमई लघुवित्तको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर पनि सुचिकृत भएको छ ।