काठमाडौँ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स ७२ औँ वर्ष पूरा गरि ७३ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच ७३ औँ वार्षिक उत्सव सम्पन्न गरेको हो ।
७३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माले कम्पनीलाई ज्येष्ठका साथै श्रेष्ठ बनाउने अभियानमा रहेको बताए । उनले कम्पनीले चालेको अभियानलाई सफलता दिन कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको साथ रहनुपर्ने कुरामा जोड दिए । त्यस्तै, कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपाल इन्स्योरेन्स उत्कृष्टताको यात्रामा हिडिसकेको धारणा राखेका थिए ।
आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको थियो । वार्षिकोत्सव समारोहमा कम्पनीमा २५ वर्ष देखि कार्यरत कर्मचारीलाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै, २० वर्षको सेवा अवधि पूरा गरेका कर्मचारीहरु समेत पुरस्कृत भएका थिए । साथै, सो कार्यक्रममा कम्पनीले उत्कृष्ट शाखा प्रमुखहरुलाई पनि सम्मान गरेको थियो ।