IME Life New

दुई महिनामा रु. १३.६८ अर्ब बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म बीमा कम्पनीहरुले १३ अर्ब ६८ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म १३ अर्ब ६८ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जीवन बीमकहरुले ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी ४९ हजार ७७३ वटा दाबीको हो।

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष २०८२।८३ को भदौसम्म जीवन बीमकहरुले ४३ हजार ३६३ वटा दाबीको ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौसम्म जीवन बीमकहरुको दाबी भुक्तानी भएका संख्या र रकम क्रमशः १४.७८ प्रतिशत र १७.२५ प्रतिशतले बढेको छ।

जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै अचाक्ली बढेको छ। चालु वर्षको भदौसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख २१ हजार ६४४ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ११४.९३ प्रतिशत र १०४.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्म जीवन बीमकहरुले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।

यसैगरी निर्जीवन बीमकहरुले चालु वर्षको भदौसम्म ३ अर्ब ९९ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी २३ हजार ८३९ वटा दाबीको हो।

अघिल्लो वर्ष भदौसम्म निर्जीवन बीमकहरुले २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौसम्म भुक्तानी भएका दाबी संख्या ६.५१ प्रतिशत र भुक्तानी रकम भने २२.६४ प्रतिशतले बढेको छ।

निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको साउनसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ४४९ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ८.०६ प्रतिशत र ४०.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्म निर्जीवन बीमकहरुले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS