IME Life New

नेशनल लाईफ गुलरिया शाखाद्वारा उत्कृष्ट बीमा अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको बर्दियास्थित गुलरिया शाखाले एक कार्यक्रममा आर्थिक बर्ष २०७५।७६ मा उत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।मधुवन नगरपालिकाका मेयर गणेश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने १५ जना बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको कम्म्पनीले जनाएको छ । आफ्नै कोड, सञ्जाललगायतका फरक फरक विधाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको गुलरिया शाखा प्रमुख प्रकाश उपाध्याले बताए ।
बीमा अभिकर्तालाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधुवन नगरपालिकाका मेयर केसीले भने ‘बाख्रा–कुखुराको समेत बीमा हुने युगमा विश्व छ, नेपालमा भने मानिसकै बीमा हुन बाँकी छ, यो तथ्यले हामी नेपाली गरिबीको कमजोर सुचाङ्क उजागर गर्छ ।’ मेयर केसीले जीवन बीमा महत्वपूर्ण रहेको भन्दै अगाडि भने, ‘धेरै मानिसहरुको बीमा अत्यन्तै जरुरी छ । यो आजको आवश्यकता हो ।’बर्दियाको तारातालमा आयोजित कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्सका पाँच नम्बर प्रदेशका प्रमुख रामचन्द्र तिवारीले कम्पनीका बीमा योजनाहरुका बारे चर्चा गरेका थिए । कार्यक्रममा लामो समयदेखि कम्पनीमा उत्कृष्ट बीमा व्यवसाय गर्ने राष्ट्रिय प्रथम अवार्ड बिजेता अभिकर्ता शंकर लामिछानेले बीमाबारे अनुभव साट्दै एक सय ४० जनाभन्दा बढि बीमा अभिकर्ताहरुलाई उत्प्रेरणा बढाएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS