काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तुल्सीपुर शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने पहिलो, दोस्रो र तेस्रो हुने अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सात करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको नेशनल लाईफ इन्स्योरेन्सको तुल्सीपुर शाखा प्रथम हुने खम्बु रोकायलाई प्रमुख कमला चन्दले सम्मान गरेकी हुन् । कम्पनीको राष्ट्रिय अवार्ड बिजेता शंकर लामिछानेको उपस्थिति भएको कार्यक्रममा दोस्रो हुने चित्र भण्डारी र तेस्रो हुने रबिलाल भण्डारीलाई पनि सम्मान गरिएको छ ।
उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा २५० भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।