काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी शान्ती लाभाजुको आकस्मिक निधन भएको कारण मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।
बैंकले मृतकको श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा बापतको बीमा दाबी भुक्तानी गरेको हो । १ लाख ५४ हजार ७६ सय रुपैयाँको चेक मृतकको परिवारलाई बैंकका लघुवित्त विभाग प्रमुख केवी कुमालले उक्त चेक हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ ।
मृतक लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै आएकी थिइन् ।
बैंकले समूहमा आवद्ध सदस्यहरुलाई बिना धितो कर्जा प्रदान गर्दा मृत्यु पछि परिवारका सदस्यहरुलाई आर्थिक भार नपरोस् भन्ने हेतुले बीमा कम्पनीसँगसम्झौता गरी सदस्यहरुको व्यक्तिगत बीमा गर्दै आएको छ ।