IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क रकम दुई अर्ब ६० करोडले वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क रकम गत आर्थिक बर्षमा दुई अर्ब ६० करोडले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा चार अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले ६ अर्ब १३ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले अझै २१ करोड ५१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
यस अवधिमा कम्पनीको खुद मुनाफा समेत २९।६७ प्रतिशतले वृद्धि भएर २९ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीले अघिल्लो वर्षको यस अवधिमा २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

Esewa
Crest

सात लाख ९५ हजार ३९ कुल बीमालेख रहेको कम्पनीले ६ अर्ब ४० करोड ९२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नौ हजार ६३५ कुल दाबी वापत दुई अर्ब एक करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै १८ करोड ७१ लाख रुपैयाँ बराबर दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा, मुल्य आम्दानी अनुपात ४४।३५ गुणा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS