IME Life New

नेपाल लाइफको सस्थापक शेयरको हिस्सा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी को संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिर्वतन भएको छ। कम्पनीको १८ औं बार्षिक साधारण सभाले पारित गरेको प्रस्ताव बमोजिम दश प्रतिशत संस्थापक शेयर घटाएर साधारणमा रुपान्तरण गरिएको हो ।कम्पनीले साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गरिएको जनाएको छ ।

अब नेपाल लाइफमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम हुनेछ । यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर रहेको थियो ।संस्थापक हिस्सा १० प्रतिशतले घटाउँदा करिब ४३ लाख ९६ हजार ९२८ कित्ता सर्वसाधारणमा शेयर थपिने भएको छ । हाल नेपाल लाइफको ४ करोड ३९ लाख ६९ हजार २८६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चूक्ता पूँजी चार अर्ब ३९ करोड छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS