IME Life New

भारतको तुलनामा नेपालमा जीवन बीमा कम्पनीहरु बढी भएकै हुन् त ? के भन्छन् सरोकारवालाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । भारतमा २४ वटा कम्पनीहरु रहेका छन् । जनसङख्याको आधारमा हेर्ने हो भने नेपालको २ करोड ९९ लाख ४८ हजार ९ सय ९४ रहेको छ भने भारतको १ अर्ब ३६ करोड ९० लाख ५८ हजार ८ सय ४८ रहेको छ ।

नेपालमा जनसङख्याको आधारमा जीवन बीमा कम्पनीहरुको सङख्या धेरै रहेको विज्ञहरु बताउँछन् । नेपालको सन्दर्भमा हेर्दा एउटा जीवन बीमा कम्पनी बराबर १५ लाख ७६ हजार व्यक्तिहरु पर्दछन् । त्यस्तै भारतको सन्दर्भमा हेर्न हो भने एउटा जीवन बीमा कम्पनी बराबर ५ करोड ७० हजार व्यक्तिहरु पर्दछन् । जनसङख्याको आधारमा हेर्ने हो भने पनि स्पस्ट रुपमा नेपालमा जीवन बीमा कम्पनीहरुको सङख्या बढी भएको देख्न सकिन्छ ।

Esewa
Crest

बीमा  विज्ञ डा. रविन्द्र  घिमिरेले अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने ठूला जनसङख्या भएको देशहरुमा पनि कम्पनीहरु धेरै रहेका छैनन । उदारणको लागि हाम्रौ छिमेकी मुलुक भारत र चिनलाई पनि हेर्न सकिन्छ । तर नेपालमा २ करोड ९९ लाख जनसङख्यामा पनि १९ कम्पनीहरु रहेका छन् । यसको आधारमा हेर्ने हो भने कम्पनीहरु चाहिने भन्दा बढी नै भएको उनले बताए । बीमा समितिले नेपालमा कतीवटा जीवन बीमा कम्पनीहरु आवश्यक रहेको छ भनेर अनुसन्धान नगरि नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गरेको थियो ।

जीवन बीमा कम्पनीहरुको सङख्या बढी भएको महसुस गरेर बीमा समितिले हाल मर्जरको बाटो खुल्ला गरिदिएको छ । समितिले अहिले जतीवटा कम्पनीहरु रहेका छन् त्यसलाई जन्माएर मार्नुभन्दा उचित मार्गनिर्देशन दिने हो भने बीमा बजारमा  समस्या उत्पन्न नहुने उनले बताए ।

त्यस्तै रिलायबल लाईफ इन्स्योस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जनसङख्याको  आधारमा हाल नै बीमा कम्पनीहरुको संख्या बढी भएको हो भनेर एकीनका साथ भन्न मिल्ने अवस्था नरहेको बताए । अझै पनि नेपालको कतीपय भू –भागमा बीमाको पँहुच पुगेको नै छैन । ४, ५ बर्ष पश्चात् बीमाको पहुँच सबै क्षेत्रमा विस्तार भएपश्चात् यस बिषयमा सोच्नु उचित हुने बताए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईका अनुसार भारतको आधारमा हेर्ने हो भने नेपालमा जीवन बीमा कम्पनीहरु धेरै भएकै हुन् तर हालको अवस्थामा कम्पनी वृद्धि भए संगै बीमाको पहुच पनि वृद्धि भएको छ।  नेपालमा बीमाको वास्तविक पहुच १२ प्रतिशतमात्र भएकोले ४०-५० प्रतिशत नपुगे सम्म कम्पनीहरु धेरै भए भन्न नमिल्ने बताए।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले हाल नेपालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमाको पहुँच बढेको बताए । बजार फराकिलो भएको कारण जीवन बीमाको क्षेत्रमा असर नगर्ने उनले बताए ।

पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद  तिवारीले हामीले यस बिषयमा एक बर्ष अघि देखि नै कुरा उठाएका थियौ । तर ढिला नै भएपनि नियमनकारी निकाय बीमा समितिले यस बिषयलाई ध्यानमा राखेर मर्जरको प्रस्ताव अघि बढाएको छ । नेपालको जनसङख्यालाई हेर्ने हो भने बीमा कम्पनीहरु अत्याधिक रुपमा बढी भएकै हो । हालको जनसङख्यालाई मध्यनजर गर्ने हो भने ५ वटा कम्पनी भए पुग्ने उनले बताए ।

भारतमा भएका जीवन बीमा कम्पनीहरुको सूची :

स्रोत:

https://www.worldometers.info/world-population/indiapopulation/

https://www.worldometers.info/world-population/nepal-population/

https://www.irdai.gov.in/ADMINCMS/cms/NormalData_Layout.aspx?page=PageNo129&mid=3.1.9

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS