IME Life New

एनआइसी एसिया बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले जिबन बीमा ब्यबसाय गर्ने रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार ग्राहकहरुले मुलुकभर फैलिएका एनआईसी एशिया बैंकका २३३ वटै शाखाहरुबाट सहज रुपमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

एनआईसी एशिया बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

बैंकान्सुरेन्स सम्झौता मार्फत बीमाको पहुचं बिस्तार गर्ने लक्ष्य सहित अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपालको ठुलो मध्येको एनआईसी एशिया बैंक संगको बैंकास्योरेन्स सम्झौता पश्चात बीमाको पहुचं बिस्तार गर्न थप मद्धत पुग्ने बिश्वाश गरेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम सम्म ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क संकलन गरि नयाँ संचालनमा आएका जिबन बीमा कम्पनीहरु मध्ये तेश्रो प्रतिस्पर्धी कम्पनी बन्न सफल भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स देशका लब्धप्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS