IME Life New

कैदसम्मको सजाय तोकेपछि आक्रोशित बने बीमा सर्भेयर, संघर्ष समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिजया बाँस्कोटा
अर्थमन्त्रालयले संसदमा पेश गरेको बीमा विद्येयक २०७५ मा बीमा सर्भेयरको सजाय अधिकत्तम १ करोड देखि ५ बर्षसम्मको कैद तोके पछि बीमा सर्भेयर आक्रोशित बनेका छन् । सर्भेयरको पेशा प्रति गरिएको कठोर व्यवहारको कारण रुष्ट सर्भेयरहरुले विद्येयकमा राखिएको उक्त बुदालाई शांसोधन गर्न सरकारसँग माग गरेका छन् ।

बीमा प्रक्रियामा सर्भेयरको पनि अहम भूमिका हुन्छ । बिषेश गरी निर्जीवन बीमामा सर्भेयर बीमा बीमाको कार्य सम्पन्न हुँदैन । कुनै पनि भौतिक सम्पतिको बीमा गर्दा उक्त सम्पतिको बास्तविक मूल्यांकन गर्न कम्पनीले सर्भेयरको नियुक्त गर्छ । त्यसैगरी बिमितले गरेको क्षतिको दाबी गरेपछि पनि कम्पनीले सर्भेयर नियुक्त गरी क्षतिको मूल्यांकन गर्छ ।

Esewa
Crest

संघर्ष समिति गठन
बीमा विद्येयकमा कठोर प्रकारको सजायको व्यवस्था गरेपछि आक्रोशित सर्भेयरले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनका लागी नेपाल बीमा सर्भेयर संघले सर्भेयर सुवाश चन्द शाखको नेतृत्वमा १० सदस्यीय संघर्ष समिति समितिले बनाएको छ ।

१ करोेड बिगो पाँच बर्ष जेल
मन्त्रालयले संसदमा दर्ता गरेको बीमा विद्येयकको दफा १४२ को मा बीमा सर्भेयरले क्षतिको मूल्यांकन गर्दा बदनियतपूर्ण तरिकाले बढी वा कम गलत मूल्यांकन गरी बिमक वा विमितलाई हानी नोक्सानी पु-याउने काम गरेमा बिगो जफत गरिने भने व्यवस्था गरेको छ । बिद्येयकमा अधिकत्तम १ करोड रुपैयाँसम्म विगो भए तीन बर्ष देखि पाँच बर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था समेत गरेको छ । सर्भेयरले कुनै पनि गल्ति जाना जानी नगर्ने भएकाले सर्भेयरलाई फौजदारी मुद्धा अन्र्तगत राखेर कैदसम्मको सजाय हुनु नहुने सर्भेयरहरुको माग गरेको छ ।

त्यस्तै सर्भेयरहरुले सबै प्रकारका निर्जीवन बीमाको बीमा गर्नु पाउँनुपर्ने व्यवस्था यथावत राख्न समेत माग गरेका छन् । हालको प्रस्तावित विद्येयकमा एउटा अभिकर्ताले एक प्रकारका निर्जीवन मात्रै बीमा गर्न पाउँने व्यवस्था गरेको छ । त्यस्तै, सर्भेयरलाई नियमन शुल्क लगाउन नहुने, निरीक्षण गर्दा पूर्व सूचना दिनुपर्ने, सर्भेयर र बिमक बिचको आपसी सम्झौतामा कामको शुल्क तोक्न पाउँनुपर्ने, इजाजत पत्र पाँच बर्षको हुनुपर्ने, ऐनमा सर्भेयरको छुट्टै व्याख्या गरिएको हुनुपर्ने लगायतका माग राखेका छन् ।

सर्भेयरको योग्यता
सर्भेयरको लागी बीमा समितिबाट लाईसेन्स लिनुपर्छ । समितिले तोकेको योग्यता पुगेको व्यक्तिले मात्रै सर्भेयरको लाईसेन्स लिन पाउँछन् । बीमा बिनियमावली २०४९ अनुसार कुनै बिमकको कार्यलयमा अधिकृतस्तरको पदमा कम्तीमा दश बर्षसम्म बीमा व्यवसायसँग सम्बन्धित कार्यको अनुभव हासिल गरेको, इन्जिनियरिगं बिषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चार्टड इन्स्योरेन्स इन्च्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धि बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चार्टर्ड एकाउन्टेसी परीक्षा उर्तिण गरेको हुुनुपर्नेछ । योग्यता पुगेका सर्भेयरले समितिले प्रदान गर्ने तालिम लिएपछि मात्र सर्भेयर प्रमाणपत्र पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS