IME Life New

नेपाल लाइफको दमौली शाखाद्वारा मृत्‍युदाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।

बैदेशिक रोजगारको शिलशिलामा देउराली ९, कास्की घर भएका सन्तराज बसौलाको दुबइमा मृत्यू भएकोमा निजले रु ५३३० तिरेर नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु १० लाखको बैदेशिक रोजगार बिमा अन्तर्गत मुल बीमान्क रु १० लाख , शब स्वदेस ल्याउन लागेको खर्च रु १ लाख काजकिरिया खर्च रु १ लाख तथा अतिरिक्त आयको नोक्सानी रु २ लाख गरी जम्मा दाबी भुक्तानी रकम रु १४ लाख निजकी श्रीमती नेपाल लाईफ इन्स्योरेन्स दमौलीका शाखा प्रवन्धक बिष्णु बहादुर अधिकारीले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

Esewa
Crest

उक्त अवसरमा बिराटनगरका शाखा प्रवन्धक बिष्णु बहादुर अधिकारीले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । साथै सो कार्यक्रममा उपस्थित हुनुभएका कम्पनीका सिनियर एजेन्सी मेनेजर राजेन्द्र थापाले जीवन बीमा गर्दा उत्क्रिस्ट बोनस भएको र आर्थिक रुपमा अब्बल कम्पनिबाट जीबन बीमा गराउन आग्रह गर्नुभएको थियो । साथै जीवन बीमा गराउनु भनेको खर्च नभै लगानी भएको कुरा बताउनु भयो ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ । नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सत्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रकै सर्वाधिक चुक्ता पुजी (४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय ४८ )छ, ४८ अर्बको बिशाल बीमा कोष छ भने ११ अर्ब भन्दा बढी बीमा दाबी भुक्तानी भैस्केको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS