इन्स्योरेन्स खबर/काठमाडौँ: यूनाइटेड फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा यूनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द ब. श्रेष्ठ र यूनियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नु भएको छ ।
सो सम्झौताअनुसार यूनियन लाइफइन्स्योरेन्सको जीवन बीमा योजना फाइनान्सले आफ्नो कर्पोरेट तथा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक समक्ष बिक्री गर्ने भएको छ । यूनियन लाइफ इन्स्योरेन्समा हाल १० प्रकारका योजनाहरु संचालनमा रहेका छन् ।