इन्स्योरेन्स खबर/काठमाडौँ: ज्योति लाईफ इन्स्योरेन्सले हार्टबिटसँगको सहकार्यलाई अघि बढाएको छ । हार्टबिट फाउण्डेसन सडक बालबालिकाहरुको लागि शिक्षा र कलाको विषयमा काम गर्ने एक गैरसरकारी संस्था हो, जसले सडक बालबालिकालाई लागू पदार्थको दुव्र्यसनबाट बचाउँदै एक सामान्य जीवन जिउन अभिप्रेरित गर्ने गर्दछ ।
यी बालबालिकाहरुको उराठलाग्दो दैनिकीमा नयाँ रङ्ग भर्न उनीहरुलाई हाउस अफ प्यालेट्सको भ्रमण गराइएको थियो , जहाँ उनीहरुले उनीहरुको खुशी र माया भनेको कस्तो हुन्छ भन्ने आफ्नो विचारमा रङ्ग भरेका थिए । सो रङ्गमय सन्ध्याका विशिष्ट अतिथि महानायक राजेश हमालको समुपस्थितिमा ससाना भाइबहिनीहरुले चित्र कोरेका थिए भनें उनीहरुसँग राजेश हमालले प्रेरणादायी कुराकानी गरेर उनीहरुको हौसला बढाइदिनु भएको थियो ।
केही बालबालिकाहरुले उनीहरु जहाँबाट आएका थिए त्यही गाऊँको चित्र, आफ्नो परिवारको तस्वीर, नेपालको झण्डा र साथीभाइसँगको मित्रतालाइ चित्रमा उतारेका थिए । यसरी कोरिएका चित्रहरुलाई शुभकामना कार्ड मार्फत गरी नेपालभरी वितरण गरिएको थियो भने ज्योति लाईफको क्यालेण्डरमा समेत प्रयोग गरिएकाृे थियो ।
हार्टबिट फाउण्डेसनलाई थप सहयोग स्वरुप ज्योति लाईफले असार २१ उनीहरुको आफैले कोरेका तस्वीरहरु भएको क्यालेण्डरका साथै टेबल, मेचहरु पनि प्रदान गरेको छ । यसरी आफूले कोरेको चित्रकलाको कामको सम्मान भएकोमा र त्यसलाई देशभर नै प्रशंसा गरिएको देखेर ती सडक बालबालिकाहरु थप उत्साहित हुनुको साथसाथै उनीहरुले गर्वको महसुस समेत गरेका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सँधैं तपाईंको साथ” आर्ट क्याम्प मार्फत् यी सडक बालबालिकाहरुको जीवनमा थोरै रङ्ग र धेरै उत्साह थप्न चालेको यो एक सानो प्रयासले हार्टबिट फाउण्डेसनको उद्देश्यमा थप सहयोग पुग्ने अपेक्षा गरिए र आगामी दिनहरुमा समेत यस्ता सामाजिक क्रियाकलापहरुमा कम्पनी सक्रियताका साथ लाग्ने कम्पनीले जानकारी दिएको छ ।