IME Life New

सिद्धार्थ बैक र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अबदेखि नेशनल लाइफ ईन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई जीवन बीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैकंको सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताएका छन् । साथै, जीवन बीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैकं मार्फत सजिलै बुझाउन सकिने उनले जानकारी दिए ।

बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ, त्यसैगरी यो सेवा बैंकका हाल संचालित ११२ शाखाहरु मार्फत उपलब्ध हुनुका साथै जीवन वीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैंक मार्फत सजिलै बुझाउन सकिने जानकारी बैंकले दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS