IME Life New

बोनस पछि सूर्या लाईफले फेरी दिने भयो हकप्रद ; साधारण सभा कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले हाल निष्कासन भई बाडफाटको क्रममा रहेको ४० प्रतिशत हकप्रद शेयरले समेत पाउने गरी १२ प्रतिशत बोनस शेयर पारित गर्न यही असार ३२ गते सोमबारका दिन विराटनगरमा वार्षिक साधारण सभा गर्दै छ।
त्यस्तै सोही साधारण सभामा कम्पनीले १२ प्रतिशत बोनस पश्चात् आउनेपुँजी को ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावपनि लैजाँदै छ।

निष्कासन भई बाडफाटको क्रममा रहेको ४० प्रतिशत हकप्रद शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १ करोड हुन्छ । प्रस्तावित १२ प्रतिशत बोनस पछि कम्पनीको पुँजी १ अर्ब १३ करोड पुग्ने छ , त्यस्तै ७० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ। बीमा समितिका अनुसार  जीवन बीमा कम्पनीहरुको पुँजी २ अर्ब पुर्याउन पर्ने छ ।
७० प्रतिशत हकप्रद पछीपनि कम्पनीको पुँजी अझै ८ करोड ले अपुग छ । कम्पनीले अझै ४ प्रतिशतले आफ्नो  पुँजी थप गर्नु पर्ने छ।
साधारण सभा प्रयोजनका निमित्त असार १७ गते देखि असार २३ गते सम बुक क्लोज मिति तय गरिएको छ। असार १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाई १२ प्रतिशत बोनस शेयर पाउनेछन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS